Advertisement
SKIP THIS
बालकुमारी घटना : पिडित र सम्वधित क्षेत्रका जनप्रतिनिधिले बुझाए प्रधानमन्त्रीलाई ११ बुदे मागपत्र

निराकरण खबर अछाम:कोरियन भाषा परिक्षामा सहभागी हुनुपर्ने माग गर्दा प्रहरीको गोली प्रहारबाट मारिएका अछामको चौरपाटी गाउँपालिका १ का बिरेन्द्र शाह र दैलेखका दैलेखका २३ वर्षीय सुजन रावतको न्यायको माग गर्दै अछाम र दैलेखका जनप्रतिनिधिहरुले ११ बुदे माग राखेका छन।

शनिबार साझँ उनिहरुले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई भेटी विभिन्न ११ बुदे माग राखेका छन।

उनिहरुले घटनाका सम्बन्धमा गठित छानबिन समिति खारेज गरियोस् र स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गर्न, घटनाका दोषीहरु माथि कडा भन्दा कडा कारवाही, मृतकलाई सहिद घोषणा,मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था,परिवारबाट एक जनालाई रोजगारीको ग्यारेण्टी,आन्दोलनमा घाइते भएकाहरुको उपचार,वेपत्ता पारिएकाहरुको खोजीनिती गरी उनीहरुको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्रीलाई माग गरेका छन।

यस्तै आन्दोलनका क्रममा पक्राउ पारेकाहरुलाई निःसर्त रिहाई घटना स्थलको सि.सि टिभीको फुटेज सुरक्षित राखी छानविन मृतकका आफन्तको इच्छा अनुसार सदगदको व्यवस्था गर्न माग गरिएको अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले बताए ।

तपाईको प्रतिक्रिया