Advertisement
SKIP THIS
अछाममा डिएसपी डाँगीको १ बर्ष

अछाम : अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिएसपी नारायण डाँगीको जिल्लामा एक बर्ष पुरा भएको छ । अघिल्लो बर्षको असारमा अछाम प्रहरी प्रमुख भएर आएका डाँगीको जिल्लमा एक बर्ष पुरा भएको हो । एक बर्ष पुरा भएर अछामबाट बाँके सरुवा भई सोमबार बिदाई भएका प्रहरी प्रमुख डाँगीले जिल्लमा जनताले अनुभुत हुने गरी के के काम गर्नुभयो भनेर हामीले सोधेका छौँ ।

पहिलो काम
अछामको पञ्चदेवल बिनायक नगरपालिकामा भएको घट्ना लगत्तै म अछाम प्रहरी प्रमुख भएर जिल्ला प्रबेश गरको थिंए । सो घट्नालाई शान्तिपूर्ण रुपमा साम्य पार्नु मेरो पहिलो चुनौती थियो डिएसपी डाँगीले भने सो घट्नामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र सो क्षेत्रको वातावरण शान्तिपूर्ण बनाउनु पर्ने थियो त्यसका लागि काम भएको छ ।

दोश्रो काम
म जिल्ला भित्रिएको एक महिनामै मनसुन सुरु भयो । मनसुन संगै आएको बर्षाका कारण जिल्लाका बिभिन्न ठाँउमा बाढी पहिराले ठुलो धनजनको क्षति गर्यो । ति घट्नाहरुमा परेका नागरिकको एकिन गरी उद्धार गर्नु पर्ने जिम्मेवारी थियो । हाम्रो जिम्मेवारी निर्वाह गर्ने क्रममा म आफै तुर्माखाँद लगायतका ठाँउमा गएर पहिरोमा परेर मृत्यु भएका तथा घाईतेको उद्धार गर्ने काम सफतापूर्वक गरेका थियौँ ।

शान्तिपूर्ण रुपमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न ।
स्थानिय तह निर्वाचनका बेला अछाम जिल्लाका बिभिन्न ठाँउमा झपड लगायतका केही अप्रिय घट्ना हुन पुगे । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन त्यस्ता घट्ना नदोहोरिन दिनु नै मुख्य चुनौती हाम्रो सामु थियो । त्यसका लागि जिल्लाका सबै ठाँउमा प्रहरी परिचालन गरि निर्भय तथा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन हामी सफल भएका थियौँ । छिटफुट् बाहेक जिल्लामा कुनै अप्रिय घट्ना नभई निर्वाचन सम्पन्न हुनु नै उपलब्धी हो ।

एक बर्षको अवधिमा अछाम जिल्लाको सम्रग शान्ति सुरक्षालाई मजबुत बनाउदैँ जनतालाई प्रत्याभुत हुने गरी काम भएको डिएसपी डाँगीले बताए । लागु औषध दुव्र्यसनी, चोरी पैठारी, घरेलु हिंसा, महिला हिंसा रोक्न र हुन नदिन समेत उल्लेखनिय काम भएको उनले बताए ।

यस्तै आम नागरिक र प्रहरी बिचको सम्बन्ध समुधुर बनाउनु पर्छ भनेर जिल्ला प्रहरी कार्यालय अछामले समुदाय प्रहरी साझेदारी अभियानलाई जिल्लाभरमा निरन्तर लागु गरिएको उनले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय अछामले घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम समेत गरेर उनिहरुलाई शान्तिपुर्ण तवरले बस्ने वातावरणको समेत प्रत्याभुत दिलाएको डिएसपी डाँगीले बताए ।

तपाईको प्रतिक्रिया