अछाम:अछामकाे मंगलसेन नगरपालिकाले विपद् व्यवस्थापन समितिले प्राकृतिक विपद्बाट प्रभावित तथा पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ।
सोमबार बसेको कार्यपालिकाको बैठकबाट मानवीय सहयोग तथा विपद् पीडितप्रति ऐक्यबद्धता जनाउँदै नगर विपद् व्यवस्थापन कोषवाट २ लाख ५१ हजार नगर प्रमुखको स्वघोषणा अनुसार १ महिनाको सेवासुविधा,अन्य नगर कार्यपालिका सदस्यहरूको ७ दिन बराबरको सेवासुविधा,
वडा सदस्यहरूको ५ दिन बराबरको सेवासुविधाबाट कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताए ।
यस्तै अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक तहका शिक्षकहरूको ७ दिन बराबरको तलबभत्ता,सहायकस्तरका कर्मचारी तथा आधारभूत तहका शिक्षकहरूको ५ दिन बराबरको तलबभत्ता,बालविकास सहजकर्ता तथा श्रेणीविहीन कर्मचारीहरूको २ दिन बराबरको तलबभत्ता गरि कुल ३४ लाख १ हजार रुपैया प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख बोहराले बताए ।










