अछाम:रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अछामको चौरपाटी गाउँपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकमार्फत बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो ।
गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले प्रभावित नागरिकको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।










