Advertisement
SKIP THIS
वडा अध्यक्षले पास गरे लोकसेवाको जागिर

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो ।

सामाजिक सञ्जालमा सुदूरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइए पनि वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ । ‘मेरो नाम गण्डकी प्रदेशको कुनै एक पालिकामा निस्केको हो ।

सात वर्ष वीनपा १४ स्थित सानो किसान सहकारी संस्थाको व्यवस्थापक एवं तीन वर्ष कन्सल्टेन्सीमा काम गरेका वडाध्यक्ष रोकायाले भने ‘नाम निस्केको भनेर धेरैले बधाई पनि दिइरहेका छन् । तर म अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्छु, म पदमा रहुन्जेलसम्म जनतालाई धोका दिदैंन ।’

तपाईको प्रतिक्रिया