Advertisement
SKIP THIS
रामदेवले  प्रकाश सपुतलाई भने सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार

काठमाडौं:भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतको खुलेर प्रशंसा गरेका छन् । उनले सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताए ।

पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुति दिएका थिए । स्टेजमा उक्लिएका सपुतलाई रामदेवले स्वागत गर्दै खुलेर प्रशंसा गर्न भ्याए । उनले सपुतलाई अँगालो हाल्दै उनलाई नेपालका ठूला स्टारको रुपमा चिनाए ।

‘यी नेपालका सलमान खान, शाहरुख खान, अमिर खानभन्दा ठूला स्टार हुन् । तिमी आफ्नो काममा पूरै निष्ठावान छौ, सयमा सय नम्बर दिन्छु प्रकाश भाइलाई, जोडदार अभिनन्दन यी बच्चालाई,’ सपुतको प्रशंसा गर्दै रामदेवले भनेका छन् ।

संसारभर नेपाली समाजको गौरव बढाउन पनि रामदेवले सपुतलाई शुभकामना दिएका छन् । सपुतले पनि यो पर्फमेन्सपछि सामाजिक सञ्जालमार्फत आफूले पाएको सफलता अमूल्य रहेको बताएका छन् ।

प्रकाश लेख्छन्, ‘ दर्शकमाझ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन । पछिल्लो चार वर्ष मैले देश-विदेशमा छरिएर रहनुभएका नेपालीहरुको अथाह माया प्रत्यक्ष महसुस गर्न पाएको छु । एउटा गायक-कलाकारका रुपमा गीत र भिडियोमार्फत र एउटा पर्फमरका रुपमा स्टेजमार्फत आफ्नो क्षमता र क्षेत्रअनुसारको यो सफलता मेरो लागि अमूल्य छ । अकल्पनीय छ ।’

कामको कुरा गर्दा गायक सपुतको डेब्यु फिल्म ‘परदेशी २’ असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

तपाईको प्रतिक्रिया