Advertisement
SKIP THIS
अछामका सिडिओ न्यौपाने दुई महिनामै सरुवा

अछामः  अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामै सुरूवा भएका छन। मन्त्रीस्तरीय निर्णयअनुसार प्रजिअ शिवराम न्यौपानेको साढे दुई महिनामै सरुवा भएको हो ।

आइतवार साँझको मन्त्रीस्तरीय निर्णयअनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराम न्यौपानेलाई गृह मन्त्रालयमा तानेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। 

जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ। न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उनी केहि दिनदेखि नै काठमाडौंमा छन्।

तपाईको प्रतिक्रिया