Advertisement
SKIP THIS
हामी पनि त उडाउछौ ।

हर्क बिष्ट टीकापुर

विहान
विहान ताताे चियाकाे बाफसंगै
चुराेटकाे धुवा उडाउछौ…..।
चिया पसलमै
माक्सवाद,समाजवाद,साम्यवादका गफ उडाउछौ।

दिउँसाे
बाले जीवनभर पसिना चुहाएर कमाएकाे
एक कट्टा घडेरीकाे लालपूर्जा
बैङ्कमा धिताे राखेर किनेकाे
माेटरसाइकलमा प्रेमीका उडाउछौ ।

साझँ
साझँ भट्टीमा
सुकुटीसंगै
बाबाजेले आर्जेकाे धुकुटी उडाउछौ ।

अब
कुन दिन बैङकले लिलामि ठाेक्छ ।
त्यहि एक कट्टा जमिनकाे लालपूर्जा उडाउछौ ….।

देशमा नेतृत्वले भाषण उडाइरहेका छन् ।
खाडीतिर जवान उडाइरहेका छन्।
छिमेकीले जङ्गे पिल्ल उडाउदैछ ।
हामीले उडाउन नसक्ने भनेकाे
यान,विमान ,रेकट त हाे …..।

एकदिन देशै उडाइदिन्छौ
टन्टै साफ !
जाबाे रकेट के हाे र ……?

तपाईको प्रतिक्रिया