Advertisement
SKIP THIS
इजरायल देशको निर्माण कसरी भयो ? किन हुन्छ आक्रमण

एजेन्सी:सन् १९४८ मा बेलायतीहरुले समस्या समाधान गर्न नसकेपछि यहुदीहरुले इजरायल राज्य बनाउने घोषणा गरे । प्यालेस्टाइनहरुले त्यसको प्रतिरोध गरे । यसको विरोधमा छिमेकी राष्ट्रहरुबाट समेत प्यालेस्टाइनको हमलामा सहयोग भयो । हमला सुरु भएपछि हजारौं प्यालेस्टाइनहरु आफ्नो भूमि छोडेर भागे ।

युद्ध शान्तिमा परिणत हुँदाको बखतसम्म प्यालेस्टाइनको अधिकांश भूभाग इजरायलले आफ्नो नियन्त्रणमा लिएको थियो । जोर्डनले वेस्ट बैङ्क र इजिप्टले गाजा कब्जा गरिसकेको स्थिति थियो ।

जेरुसेलम पनि पश्चिमी क्षेत्रमा इजरायली र पूर्वी क्षेत्रमा जोर्डनका सुरक्षाकर्मीले घेरिएको थियो । दशकौंसम्म त्यस क्षेत्रमा युद्ध जारी रह्यो । सन् १९६७ मा इजरायलले पूर्वी जेरूसेलम तथा वेस्ट बैंक मात्रै नभएर सिरियाको गोलन क्षेत्र र गाजा तथा इजिप्टको सिनाय प्रायद्वीपको केही भूभाग कब्जा गर्‍यो ।

प्यालेस्टाइन शरणार्थी तथा तीनका आफन्तहरु गाजा तथा वेस्टबैंकमा बस्छन् । कतिपयहरु जोर्डन, सिरिया र लेबनानमा पनि बस्ने गरेका छन् ।

इजरायलले तिनीहरुलाई आफ्नो घर फिर्तीको लागि अनुमति दिएको छैन । उनीहरुलाई फिर्ताका लागि अनुमति दिएमा यहुदी राज्यमा संकट उत्पन्न हुने तर्क इजरायलले गरिरहेको छ ।

वेस्टबैंक अझै पनि इजरायलकै कब्जामा छ । गाजाबाट इजरायल पछि हटे पनि  संयुक्त राष्ट्रसंघले त्यसलाई अझै पनि नियन्त्रित इलाका मान्छ । इजरायलले जेरुसेलमको सबै भूभाग आफ्नो रहेको दाबी गर्छ ।

प्यालेस्टाइनले पूर्वी जेरूसेलम प्यालेस्टाइनको भविष्यको राजधानी रहेको दावा गर्छ । जेरूसेलमलाई अमेरिकाले मात्रै इजरायलको राजधीनका रुपमा मान्छ ।

५० वर्ष यतादेखि हालसम्म त्यहाँ ६ लाख भन्दा बढी यहुदीको बसोबास छ । अन्तर्राष्ट्रिय कानुन अनुसार विवादित त्यस्ता इलाकामा बस्ती बसाउन पाइँदैन । राष्ट्रसंघको सुरक्षा परिषदमा यस विषयमा सवाल उठे पनि इजरायलले यस्ता प्रश्नलाई अस्वीकार गर्दै आएको छ।

तपाईको प्रतिक्रिया