Advertisement
SKIP THIS
प्रिय  ! साथी अचेल त तिम्रो सम्झनाले निकै सताइरहन्छ ।

वेदप्रकाश तिमिल्सैना

प्रिय ! साथी अचेल त तिम्रो सम्झनाले निकै सताइरहन्छ । वाल्यकालमा तिमीसँगै बितेका महत्वपूर्ण पलहरु आँखा अगाडि सिनेमाको रिल घुमे झै घुमिरहन्न्छन । स्कुलमा विदा हुदाको प्रेममय अतिततका यादहरु मनसपटलमा ताजै छन । बर्षे विदा, दशै तिहार विदा र शनिवारको विदामा तिमी संग एकान्तमा गफिता कम्ता खुसी लाग्थ्यो ! म सानो छदाको मेरो साथी । केवल तिमी मात्र प्रिय साथी । तिमी कहिलेकाही सास्ती दिए पनि हाम्रो माया भने कहिल्यै कम भएन ।

तिमीसँगको निकटतामा त्यसले कुनै असर पारेन । तिमी मेरालागि निकै प्रिय । म सानो छँदा तिमी खुब मुस्कुराउने गर्थ्यौ । त्यही मुस्कानमा अल्झिएका कारण आज पनि तिमीलाई अती धेरै मायाँ गर्छु । बाल्यकालका सम्झना र मुस्कानले नै तिमीलाई मन-मुटुमा साचीरहने एकमात्र माध्यम बनेको छ । म तिमीलाई यति धेरै माया गर्थें र गर्छु की भनि साध्य छैन, लेखि साध्य छैन । तिमीसँगको त्यो समय मेरो मानसपटलमा घुमिरहन्छ। तिमी संगको बाल्यकालको सम्झना मनको कुनामा तरोताजा छ । हरपल हरक्षण तिम्रो याद आउँछ। मन मस्तिष्कमा तिमि मात्रै छौ । तिमी जिन्दगीमा हुँदा खुब मिठास को महसुस हुन्थ्यो । तिम्रो उपस्थित मेरा लागि बहार थियो । प्रिय साथी मलाई लाग्छ तिमी सानोतिनो जादुवाला पनि थियौ कि जस्तो लाग्छ । किनकी म तिम्रो प्रेममा पागल थिए । त्यो जादु को प्रभाव अझै कम भएको छैन ।

आज पनि तिम्रो प्रेममा म पागल छु । लुकिछुपी लाएको प्रेम मिठो हुन्छ भन्ने जमानामा हामिले खुल्लम खुल्ला प्यारको जाहेर गरेका थियौ नि । त्यही प्यारको प्रभाव आज पनि कायम छ ।

तिमी संगका त्यस बखतका सम्झना मेरो आँखा अघि घुमिरहेको हुन्छ । बाल्यकालमा तिमीलाई भेट्दा, हेर्दा, देख्दा र स्पर्ष गर्दा तिम्रो रुपका सामु म नतमस्तक भएको झलझली याद आउँछ प्रिय ! वरपिपल , बुढेलीइअजर , सणाकोट , रान अनि कुइका गाड र चिन्ने खोलामा तिम्रो सुकोमल स्पर्शको न्यानो अनुभूती सम्झनाको तरेलीमा ताजै छ । बाल्यकालको कुरा गर्दा तिमीलाई याद गर्दै सम्झनाका छालहरु उर्लिएर आउछन् । आजपनि म तिमीसंगका ति रोमाञ्चक क्षणहरु बोकेर हिडिरहेको छु । थाह छ , म आज पनि तिमिलाई सम्झिदै जीवनका आरोह र अवरोह पार गर्ने कोशीस गरिहेको छु । तिमीसंगको दोस्ती दुनिया बुझ्न मेरा लागि निकै सहयोगी बन्यो ।

साच्चै तिमीसंगको संगत गर्दाखेरीका सबै सम्झनाहरु हृदयमा साँचेर राखेको छु । बाल्यकालमा तिमी संगै उकाली-ओराली गरेको, बनपाखामा हराएको, बनमा बाख्रा चराएको, कुइका गाडको सेरोफेरोमा रमाएको विगतका सबै पलहरु गाडा बनेर मस्तिस्कमा नाचीरहेका छन् । त्यस बखतका ति क्षणहरुलाई, त्यो बाल्य बिगतलाइ विलाउन दिएको छैन । गाउँमा (अछामको कुइका गाविस) बस्ने अनुकुल स्थिति नभएपछि तिमीसँग टाढिएको थिए । कुइकाबाट विदा हुदै गर्दा नयाँ नेपालको कल्पना गर्ने फटाहाहरुले अरु समानसँगै तिम्रो तस्विर पनि लुटेर लगे । न्यास्रो मेट्नका लागि तिम्रो तस्विर पनि थिएन मसँग ।

तिमीसँग विछोड भएको पनि ठ्याक्कै २५ बर्ष पूरा भयो । यो बिचमा स्थिति अनुकुल भएपछि २०६३ साल तिर मैले तिम्राबारेमा गाउँमा पुगेर सोधखोज गरें । तिमीलाई भेटेर भलाकुसारी गर्ने उत्कट चाहाना थियो । तिमी लाई सुम्सुम्याउने मन थियो । प्रेममय बात मार्न मार्ने रहर थियो । चौधबर्ष अघि नै तिमी दुनियाँमा नरहेको खवर पाउदा म स्तब्ध मात्र होइन निकै दुखी भएको थिए । तिम्रो पछिल्लो खवर सुनेपछि म रोएँ पनि । तिमी यो संसारमा नभएको खबरले गहिरो चोट पुग्यो । तर, त्यो दुःखद खबरले मलाई न्यानो माया दिने मेरो मन मुटु सँग भेट्ने उत्कट चाहना र अभियानमा ठेस पुग्यो ।फेरि पनि तिमी संगका सम्झना ताजा भरहेका हुन्छन । तिमी अरुका लागि असहज थियौ । अलिकति झगडालु पनि । फेरि पनि तिमी माया मेरो मुटुमा टासीएको छ । मेरा लागि सणाकोट, गाउखेत, बुडेलीइजर र कुइका गाडको सेरोफेरोमा तिमी सँगका मिठा क्षणहरु सम्झनाको तरेलीमा बयली खेल्न आउँछन् ।

एक्लै एकान्तमा तिमीसँग बितेका ति दिनहरु सम्झेर भावुक हुन्छु प्रिय। तिमी आफ्ना समकालिनहरु भन्दा सुन्दर मात्र होइन उत्तिकै स्मार्ट पनि थियौ । तिमीलाई देखेपछि म मात्रै कहाँ होर अरु पनि लोभिन्थे । साच्चै सबै लोभिन्थे । त्यो समयको त्यो दोस्तीलाई म अहिले पनि झल-झली सम्झिन्छु ।

तिमी यस धर्तीमा नभए पनि तिमीप्रतिको मायामा कुनै कमी आएको छैन । हरपल तिमी मेरो सम्झनामा छाउछौ । तिम्रो त्यो बिराली चालको हिडाइँ डुलाइ मेरो स्मृतीमा ताजा छ । अनि आफ्ना साथीहरुसँग झगडा गर्ने तिम्रो बानीलाई पनि म कहाँ बिर्सन सक्छु र ! सणाकोटको सेरोफेरोमा तिमीलाई लडाइ झगडाका लागि आएका चुनौती एक्लै सामना गरेको कसरी भुल्न सकिन्छ । तिम्रा धेरै सम्झना मनै मा छन । प्रिय तिम्रो सम्झना नमेटिने गरी छापिएको छ दिलमा । कहिले गाउँ कुइका तिर गएर सणाकोट र कुइका गाडको सेरोफेरोमा पुग्दा तिमीसँग बितेका ति दिनहरु स्मृतिमा ताजा भैजान्छन्। बुडेली इजर, सणाकोट, कुइका गाड र गाउखेतको सेरोफेरोमा एक समय तिमी र मसँगै हुन्थ्यौं प्रीय ।तिमी र म डुलेका-हिडेका ति ठाउँ जस्ताका तेस्तै छन्। ती बाटा हरु ती गल्भा गौठाहरु तिमि लाई अझै पर्खिरहेका छन । तिम्रो यादमा अजम्बरि माया बोकेर बसेको छ वरपिपल सेरेफेरो ।

तर तिमी अब सम्झनामा मात्र सिमित छौ । अहिले पनि गाउँमा तिमी लाई सबैले याद गरेकै हुन्छन । बाल्यकालमा तिम्रो नजिक भएकाले होला मसँग धेरैले तिम्राबारे कुरा गर्दछन् । अहा ! कुइकामा तिमीसँगका ति दिनहरु कम्ता रमाइला थिएनन् । कठै त्यो क्षणको अहिले झलझली याद आइरहेछ । म पनि तिम्रो सुन्दरतामा घमण्ड गर्थें । अनि आफ्ना साथीहरुसँग फुइँ लगाउन पछि पर्दैनथें । किनकी तिमी त तिमी नै थियौ । तिम्रो चर्चा गर्दा मेरा अरु बालसखाहर सहमत नभएर सुखै पाउदैनथे । तर वर्तमानमा तिमी सम्झनामा मात्र सिमित छौ । अब केबल तिम्रो सम्झना मात्र बाँकी छ । बिदाइका हात हल्लाउदै, रुमाल फट्काउदै गर्दा तिमी रोएको बिर्सेको छैन । म सहित परिवारका हामी सबै तिम्रो समझनामा अहिले पनि रोइरहेको छु । बर्षौं अघिका ति दिन अहिले प

तपाईको प्रतिक्रिया