अछाम:अछाममा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ।
शनिबार राति ९ बजे जिल्लाको कमलबजार नगरपालिका ७ क्वाल्लेख मासेगडा नजिक तुर्माखाद गाउँपालिका ३बस्ने पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप दुर्घटना भएको हो।
मृत्यु हुनेमा कमलबजार नगरपालिका ७ का कर्ण भाट रहेकाछन् ।भाटको उपचारका क्रममा राती १ बजे मृत्यु भएको हो।यस्तै दुर्घटनामा परि मृतक कर्ण भाटका छोरा १३ बर्षिय मीन भाट,र सोही ठाउँकै बद्रि भाट घाइते भएका छन ।उनिहरुलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको अछाम प्रहरीले जनाएको छ।
चालब बुढालाई राति १ बजे दुर्घटनामा स्थलबाट १ किलोमिटर टाढा लुकेर बसे अवस्थामा नियन्त्रणमा लिईएको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।










