Advertisement
SKIP THIS
बसले सिट भन्दै ग्यालेरीमा बसालेका अछामका १ नागरिक धनगढीमा अस्पतालको आइसियुमा भर्ना

निराकरण खवर अछाम:सुदूरपश्चिम यातायातको प्रालिले टीकटको नाममा ग्यालेरीमा बसालेका अछाममा १ नागरिक अस्पतालको आइसियुमा भर्ना भएका छन।

बुधबार अछामको मंगलसैनबाट अत्तरिया गएका मंगलसैन नगरपालिका वडा नम्बर १ मिस्तुरुका ७० बर्षे डवले कामी सिकिस्त भएपछि आइसियुमा भर्ना भएका हुन् ।

बुधवार मंगलसैन देखी धनगढीका लागी सुदूरपश्चिम यातायातको सु.प .२३९५ नम्बरको बसमा उनलाई काउन्टरले गाडीमा हुँदै नभएको सिट नम्बर बि १३,१४,१५ र के १ नम्बरको सिट दिएपछि उनी गाडीको ग्यालरीमा यात्रा गर्ने क्रममा घाइते भएका थिए ।

घाइतेका ज्वाँई जहरी जनालाले ससुरा डवले कामी,सासू आमा सहित वृद्ध दिदी सहित र आफ्नो गरी ४ जनाको टिकट किन्दा उनलाई बस काउन्टरले हुँदै नभएको सिट दिएपछि उनीहरू ग्यालरीमा यात्रा गर्न बाध्य भएका थिए ।

उनीहरूलाई टिकटमा ठगी गरेका विषयमा गाडीमा सवार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवराज साउदले कुरा गर्दा गाडीका स्टाफले यसका बस काउन्टरको गल्ती भएको भन्दै विवाद गरेको वडा अध्यक्ष साउदको बताए ।

यात्राका क्रममा घाइते भएका ७० वर्षीय वृद्ध डवले कामिलाई अत्तरियास्थित एक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप माया मेट्रो अस्पतालमा रिफर गरिएको त्यहाँ उनलाई आइसियुमा भर्ना गरिएको बताए । घाइते भएका वृद्धको अवस्था गम्भीर रहेको उनका आफन्त टेकेन्द्र जैगडीले बताए ।

अछाम जिल्ला सञ्ञालित लामो तथा छोटो दुरीमा सञ्चालित
यात्रुवाहक सवारीसाधन क्षमता भन्दा बढी यात्रु बोक्ने तथा भाडादर समेत बढी असुल्ने गरेका पटकपटक गुनासो आईरहेको हुन्छ । यश बिषयमा ट्राफिक प्रहरी र चेक पोष्टमा बसेका प्रहरीले देखे पनि नदेखेझै गर्ने गरेका छन।

चेक पोष्टमा बसेको प्रहरीले सवारीमा यात्रु अवस्था हेरेर १ सय रुपैयाँ देखि दुई हजार रुपैयाँ सम्म असुल गर्ने गरेका आरोप लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया