अछाम:बान्नीगढी जयगढ गाउँपालिका अनुदान कोटा शिक्षकको गाउँपालिका तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
उनिहरुले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै बान्नीगढी जयगढ़ गाउँपालिकाको अनुदान कोटा अन्तर्गत विभिन्न विद्यालयका कार्यरत आफुहरुले २०८२ साल कार्तिक महिनाको पारिश्रमिक पनि नपाएको र २०८३ साल बैशाख महिनादेखि निरन्तर कार्यरत गराई पारिश्रमिक र पोषाक भत्ताको कुनै सुनिश्चितता नभएको भन्दै पालिकामा आन्दोलन गर्ने चेतावनी दिएका छन।
पटकपटक गाउँपालिका अध्यक्ष टेक बहादुर साउद उपाध्यक्ष बिन्दु रावल तथा प्रशासकिय प्रमुखसँग बैठक तथा छलफल गर्दा पनि कुनै ठोस निर्णय नभएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन।
जेठ १३ गते समेत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय प्रमुखसहित बैठक बसि ५ दिन भित्र निर्णयमा पुगेरबाकि रहेको पारिश्रमिक उपलब्ध गराउने आश्वासन दिईएको तर १२ दिन पुग्दा समेत कुनै जानकारी नदिईएको,उल्टै शिक्षक तथा विद्यार्थीहरुको भविष्य माथी खेलवाड गर्ने काम भएको भन्दै चेतावनी दिएका छन।
विद्यालयको शैक्षिक गुणस्तरमा नकरात्मक असर परेकोले छिट्टै ठोस निर्णयमा पुगी आफ्न माग पुरा नभए असार १ गते देखि गाउँपालिकामा तालाबन्दी गर्ने प्रेस बिज्ञप्ति मार्फत चेतावनी दिएका छन।










