Advertisement
SKIP THIS
बिनायकमा रास्वपा प्रबेश गर्नेको लहर,एकै दिन ५ सय बढी रास्वपा प्रबेश

अछाम:अछामको पञ्चदेवल बिनायक नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गर्नेको लहर लागेको छ। बिहिवार रास्वपा महामन्त्री भुपदेव शाह उपस्थित कार्यक्रममा ५ सय बढी रास्वपा प्रबेश गरेका अछाम सभापति ओम प्रकाश रावलले बताए ।

सबैभन्दा बढी नेपाली कांग्रेसबाट प्रबेश गरेका छन।कांग्रेस नेता टंक बहादुर धामि सहित कयौ स्थानीय नेता तथा कार्यकर्ता रास्वपा प्रबेश गरेका हुन।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री तथा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेको नगर रहेको सो ठाउँमा कांग्रेस छोड्दै रास्वपा प्रबेश गरेका हुन।

मेयर चलाउने र कांग्रेस नेता टंक धामि बिच कांग्रेस पार्टी भित्र लामोसमयदेखि पानी बाराबरको अवस्था रहेको थियो ।

तपाईको प्रतिक्रिया