Advertisement
SKIP THIS
अछाममा स्करपियो र मोटरसाइकल एक आपसमा ठोकिए

अछाम:अछाममा स्करपियो र मोटरसाइकल एक आपसमा ठोक्किएका छन ।शुक्रबार बिहान ९ बजे मध्यपहाडि राजमार्ग अन्तरगत पञ्चदेवल बिनायक नगरपालिका २ मा स्करपियो र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन।

विनायकबाट मंगलसेनतर्फ जाँदैगरेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका बस्ने दिपेश थापाले चलाएको क ०२-००१ च ०२०० नं. को स्करपियो र विपरीत दिशाबाट आइरहेको जिल्ला अछाम पञ्चदेवल विनायक न.पा.२ बस्ने ५२ बर्षिय कृपाबहादुर धामीले चलाएको लु.९४ प ३१३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन।

घाइते मोटरसाइकल चालक कृपा बहादुर धामीको दुवै खुट्टा र ढाडमा चोट लागेको उनको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाईएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए ।

तपाईको प्रतिक्रिया