Advertisement
SKIP THIS
बाजुरामा एक युवकको हत्या

बाजुरा:बाजुराको बुढीनन्दा नगरपालिका–६ को कोटिलामा एक जनाको हत्या भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ ।

आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावतलाई गएराति नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

।अहिले जिप्रकाबाट प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया