अछाम:अछाममा अटो दुर्घटनामा एक जनाको ज्यान गएको छ । शनिबार मंगलसेन नगरपालिका-५ मा अटो दुर्घटना हुँदा अटोमा सवार मंगलसेन नगरपालिका-३ लाछीमानाका अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा शनिबार करिब १ बजे मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका ४ का २० बर्षिय हिमाल खत्रीले चलाएको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा आफै अनियन्त्रित भई दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ।
प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको चालक सँग अनुमति पत्र नभेटिएको प्रहरीले जनाएको छ।










