अछाम:अछाम अछामको साँफेबगर नगरपालिका लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ।नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा राजस्व लक्ष्यभन्दा बढी संकलन गरेको हो
नगरपालिकाको राजस्व शाखाका अनुसार विभिन्न आय शीर्षकबाट गरिएको राजस्व संकलन लक्ष्यको ११०.१४ प्रतिशत पुगेको छ। राजस्व शाखाले आ.व. २०८२/८३ का लागि विभिन्न कर तथा शुल्कबाट कुल रु. १ करोड ५० लाख राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो।आर्थिक वर्षको अन्त्यसम्ममा प्रक्षेपित रकम भन्दा बढी रु. १ करोड ६५ लाख २१ हजार ५ सय ४९ रुपैयाँ ६७ पैसा राजस्व संकलन भएको छ।
सम्पत्ति कर, भूमिकर/मालपोत, घरबहाल कर, व्यवसाय कर, व्यवसाय दर्ता दस्तुर, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, अन्य राजस्व तथा विभिन्न प्रशासनिक शुल्क लगायतका शीर्षकबाट राजस्व संकलन गरिएको छ।
तीमध्ये केही प्रमुख शीर्षकमा लक्ष्यको तुलनामा उल्लेख्य प्रगति देखिएको छ। सरकारी सम्पत्ति बहालबाट प्राप्त आय र अन्य राजस्व (रोयल्टी) लगायतका शीर्षकमा समेत लक्ष्यभन्दा बढी रकम संकलन भएको छ।
नगरपालिकाको राजस्व संकलनमा लक्ष्यभन्दा बढी प्रगति हुनु स्थानीय तहको आन्तरिक आम्दानी सुदृढ हुँदै गएको संकेतका रूपमा लिन सकिन्छ।










