Advertisement
SKIP THIS
अछामको बिनायकमा भिरबाट लड्दा एकजना घाइते

अछाम:अछाममा भिरबाट लड्दा एकजना घाइते भएका छन।शुक्रबार बिहान जिल्लाको पञ्ञदेवल बिनायक नगरपालिका १ लाम्पाटा ४२ बर्षिय लक्ष्मीकान्त बजगाईँ भएका हुन।

बजागाई आफ्नो घरबाट ८ सउ मिटर पर खानेपानीको पाईप बनाउन जाने क्रममा भिरबाट लडेका हुन।उनको टाउको चोट लागेको अवस्था गम्भीर रहेको अछाम प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।

बजागाई पञ्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज रहेका छन ।घाइते बजगाईको नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत थप उपचारको लागि पठाईएको प्रहरी प्रमुख खनालले बताए ।

तपाईको प्रतिक्रिया