Advertisement
SKIP THIS
अछाममा कर्णाली नदी किनारमा पुरुष शव फेला

अछाम: अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोट क्षेत्रस्थित कर्णाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार दिउँसो करिब १ बजे दैलेखतर्फ जाने झोलुङ्गे पुल नजिकै नदी किनारमा शव तैरिरहेको अवस्थामा फेला परेको हो।

प्रहरीले दिएको जानकारीअनुसार अछाम, कालिकोट र दैलेखको सिमाना क्षेत्रमा पर्ने उक्त स्थानमा फेला परेको शव हालसम्म पहिचान हुन सकेको छैन। शव केही दिन पुरानो जस्तो देखिएको र पहिचान गर्न कठिन अवस्था रहेको प्रहरीको भनाइ छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का संकलन तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। हालसम्म उक्त व्यक्तिको हराएको विवरण भएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।जिल्ला प्रहरी कार्यालय अछामले हराइरहेका व्यक्तिको खोजी तथा शव पहिचानका लागि सम्बन्धित परिवार वा सरोकारवालालाई सम्पर्क गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया