Advertisement
SKIP THIS
मङ्गलसेन नगरपालिकाले विद्युतीय चुल्हो वितरण गर्दै

निराकरण खबर अछामःअछामको मङ्गलसेन नगरपालिकाले नागरिकलाई अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । विद्युतको पहुँच भएको स्थानमा लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको मंगलसेन नगरपालिकाले जनाएको छ ।

नगरको स्थायी बासिन्दाहरुले लागत साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही वितरण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले बताए । आठ हजार पाँच सय लागत रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्ति चार हजार पाँच सय मात्र नगरपालिकालाई राजस्व बुझाउनुपर्नेछ ।

आवेदन दिएका घर परिवारलाई विद्युतीय इन्डक्सन चुलो, इन्डक्सन बेस प्रेसर कुकर र इन्डक्स बेस कराइ वितरण गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले बताए ।

तपाईको प्रतिक्रिया