Advertisement
SKIP THIS
तिम्रो गणतन्त्र फिर्ता लैजाउ

हिजो जनयुद्ध लडेर आज कष्टकर जीवन बिताईरहेका प्रति समर्पित

गणतन्त्र का लागि भनेर तिमी ले म लाई
गोडा फाट भन्यौं ,मै ले गोडा फाट गरे ।
तिमिले सर्तक भन्यौं ,मै ले सर्तक गरे ।
लालसलाम भन्यौं , मै ले लाल सलाम भने ।
जिन्दावाद भन्यौं
मैले जिन्दावाद भने ।

तिमिले मुर्दावाद भन्यौं, मै ले मुर्दावाद भने ।
तिमी ले दुस्मनका किल्ला भत्का भन्यौं
किल्ला भत्काए,गाउका स्कुल भत्का भन्यौं
स्कुल भत्काए ,अस्पताल भत्काए
मन्दिर भत्काए
तिमि जे जे भन्यौं सब थोक भत्काए

म लाई लाग्थ्यो
तिम्रो सत्य बाहेक अरू सत्य छैन संसारमा
त्यसैले तिमिले जे जे भन्यौं मैले त्यहि गरे ।

तिमिले म लाई भनेका थियौं
गणतन्त्र आएपछि
गाउँ मा रोजगार हुनेछ,आधुनिक शिक्षा हुने छ ।
गाउँमा अस्पताल हुनेछ ,बिजुली हुनेछ
भनेका थियौ मेरा गाउँ का गोरेटो
सडकमा परिवर्तन हुनेछ ।
राजा को अनत्य हुने छ ।
निमुखा ,गरिब र र्सबाहारा को शासन हुने छ ।

भनेका थियौं
कोहि भोकै मर्नु पर्ने छैन
कसैले रूनु पर्ने छैन
गाउँ मा हलो जोत्नु ,भारी बोक्नु पर्ने छैन
छाक टार्न कोहि मुग्लान जानुपर्ने छैन
यी त उदाहरण मात्र हुन यस्ता तमाम कुरा भनेका
थियौ तिमी ले म लाई

यहि कुरा को आशा मा मैले
तिम्रो अन्धभक्त भएर
कहिले तिमि देखि डराएर
कहिले तिम्रो दबाब मा रहेर

कहि आफै जोशिएर
घर मा प्यारि को जवानी बन्दकीमा राखेर
आमाको माया थाती राखेर
मेरो घर को बेथा लाई बेवास्ता गरेर
अनि म आफै ले स्वयम् मेरो
जवानी लिलाम गरेर
यो ज्यानको बाजि थापेर
तिमी ले भनेको गणतन्त्र ल्याउन
टाउको मा कफन बाधेर हिडेको थिए ।

तर

गणतन्त्र आए देखि भने
मै ले तिमी लाई देखेको छैन कम्रेड
भेट हुने त कुरै भएन तिमी कहाँ छौ
तिमी भनेको गणतन्त्र त
तिमी भनेको जस्तो रहेन छ ।
तिमी ले जे जे भनेका थियौ
यो गणतन्त्रले मेरो जीवनमा त्यसको
ठ्याक्कै उल्टो गरिरहेको छ ।
तिमि ले भनेका कुरा त आज सम्म
कतै भेटिन यो गणतन्त्र मा
यो गणतन्त्र ले मलाई बाच्नै मुस्किल बनाउने
भईसक्यो ,गणतन्त्र ले म लाई नराम्रोसँग
च्यापि सक्यो

त्यसैले तिमी कहाँ छौ कम्रेड
तिमी लाई मेरो मेरो दस औला जोडि बिन्ती छ
तिम्रो गणतन्त्र फिर्ता लैजाऊ ।

धनराज कट्टेल स्वार्मीकार्तिक गाउँपालकिा बाजुरा

तपाईको प्रतिक्रिया