Advertisement
SKIP THIS
शिक्षक संघ अछामले ३५ औं स्थापना दिवस पर्यटकीय क्षेत्र रामारोशनमा मनायो

निराकरण खबर अछाम:नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवस को अवसरमा शिक्षक संघ अछामले पर्यटकीय क्षेत्र रामारोशनमा एक कार्यक्रम गरेर मनाएको छ ।

शिक्षक संघ अछामका अध्यक्ष नगेन्द्र राज जोशीको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि नेपाली कांग्रेस अछामका सदस्य युवा नेता पुष्प बिष्ट रहेका थिए । कार्यक्रम बोल्दै प्रमुख अतिथि बिष्टले शिक्षक संघले आफ्नो पेसागत हकहित र अधिकार संगै नेपालको शैक्षिक रुपान्तरणमा मात्र नभएर सामाजिक रुपान्तरण र लोकतान्त्र स्थापनका लागि पनि महत्त्वपूर्ण भुमिका रहेको बताए।

देश र समाज लाई सहि दिशा अनि गन्तव्यमा लैजान र सुनौलो भविष्य निर्माणका लागि पनि शिक्षक हरुको योगदान अतुलनीय रहेको समेत बताए । साथै उनले अछाम शिक्षक संघले आफ्नो स्थापना दिवस रामारोशन क्षेत्रमा मनाउने कुराले रामारोशनको सन्देश पनि राम्रो र पर्यटन प्रचार प्रसारमा निकै राम्रो टेवा पुग्ने विश्वास व्यक्त गरे।

साथै दिवसको अवसरमा शिक्षक संघले रामनरोशन क्षेत्रको रामे मैदानमा सरसफाइ समेत गरेको र यश क्षेत्रको प्रचारका लागि पनि योगदान होस भन्ने उदेश्यले कार्यक्रम गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया