Advertisement
SKIP THIS
अछामका स्थानीय तह सहित सबै कार्यालयको बार्षिक प्रगति समिक्षा सम्पन्न

अछाम :अछाम जिल्लाको आर्थिक बर्ष २०७९ ८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको प्रगति समिक्षा गोष्ठीमा अछामका कमलबजार नगरपालिका बाहेक अन्य ९ पालिकाहरुले आर्थिक बर्ष २०७९ ८० मा भएका कार्यक्रम, क्रियाकलाप र गतिविधिहरुको प्रस्तुती गरेका थिए ।

यस्तै जिल्लामा सञ्चालिन बिभिन्न सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाहरुले समेत सो आर्थिक बर्षमा भएका कार्यक्रम तथा गतिबिधिहरुको प्रस्तुती गरेका थिए ।

उक्त प्रस्तुतीहरुमा आएका कुराहरुलाई अध्ययन गरि आगामी हुने कार्यक्रममा सुझाब सल्लाह प्रदान गरिने जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले बताए । जिल्लाका अधिकांश पालिकामा पुजीगत खर्च कम भएको र चालुगत खर्च मात्रै बढी भएको देखिएको समे उनले बताए ।

आगामी दिन कृषी, रोजगारी लगायतका क्षेत्रमा समेत बजेट बिनियोजित गर्नु उनले सुझाब दिएका थिए । केही पहिले नै यो समिक्षा कार्यक्रम हुनुपर्ने भन्ने सहभागीको प्रश्नमा समन्वय प्रमुख कुवँरले बिबिध कारणले गर्दा ढिलो भएको र आगामी समिक्षाहरु समयमै हुने प्रतिवद्धता जनाएका थिए ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले जिल्लाभरीका कार्यालयहरुको समिक्षा गर्नुपर्ने कार्यक्रमको अवधि छोटो भएको बताईन् । एक दिन पालिका र अर्को दिन अन्य कार्यालयहरुको समिक्षा हुनुपर्ने उनको भनाई थियो ।

यस्ता समिक्षा कार्यक्रमबाट बिभिन्न पालिका र अन्य कार्यालयहरुले गरेका राम्रा कुरालाई आत्मसाथ गर्न सकिने र सिकाई समेत हुने भएकाले कम्तिमा दुई दिने समय छुटाउनु पर्ने उनको भनाई थियो । आगामी दिनमा सो पक्ष सुधार गर्न उनको सुझाब थियो ।

यस्तै एक फरक प्रसंगमा बोल्दै नगर प्रमुख चलाउनेले अछाम जिल्लाको सम्रग विकास र उन्नतीका लागि सबैले हातेमालो गर्नुपर्ने बताईन् । यस्तै अप्ठेरो तथा हिंसामा परेका महिलाहरुका लागि आफ्नो नगरपालिकाले पहिले देखि नै सहयोग गर्दै आईरहेको र आगामी दिनमा समेत सहयोग गर्न सकिने बताईन् । त्यसका लागि दशवटै पालिकाका प्रुमखहरुलाई राखेर यसका बारेमा बुझाउनु पर्नेमा उनको जोड थियो ।

समिक्षा कार्यक्रममा मन्तव्य राख्दै मेल्लेख गाँउपालिकाका उपाध्यक्ष नृप खड्काले कुनै पनि कार्यक्रम गर्दा समयको ख्याल गर्नुपर्ने बताए । १० बजे का लागि राखिएको कार्यक्रम १२ बजे सुरु हुनु राम्रो नभएको भन्दै आगामी दिनमा समयमै कार्यक्रम गर्नुपर्ने सुझाब दिए । हतार हतारमा प्रस्तुती दिदाँ प्रभावकारी नभएको उनको भनाई थियो ।

कार्यक्रममा पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित कार्यालयहरुका प्रमुखहरु तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया