Advertisement
SKIP THIS
बाजुराको स्वामीकार्तिकमा खाद्य डिपो सञ्चालनमा

उमेश जङ्ग शाही बाजुरा:जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित मुक्तिकोट बिक्री केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ।

नेपाल खाद्य व्यापार लिमिटेड द्रारा स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोट केन्द्र मार्फत खाद्य बिक्री सुरुवात कार्यक्रम गरिएको छ। वडा नम्बर १ र २ का वडाका स्थानीयहरु लाई वडा नम्बर १ मुक्तिकोट खाद्य संस्थान बाट पहिलोपटक २ हजुर बोरा चामल वितरण गरिएको छ। खाद्य संस्थान ५ हजार क्विन्टल चामल खाद्य संस्थानमा रहेकोे तिर्थ बुढाले बताएका छन।

स्वामीकार्तिक खापर गाउँपालिका जिल्लाकै दुर्गम पालिकाकै दुर्गम वडा रहेको मुक्तिकोट खाद्य बिक्री केन्द्र स्थापना गरिएको हो। दुर्गम गाउँका स्थानीय गाउँ घरबाट चामल सजिलोसँग सेवा प्राप्त गर्नेका लागि यो कार्यक्रम गरिएको छ। अहिले गाउँमा सर्वसाधारण स्थानीयहरुले खाद्य लिने पाएका छन। सबैले सजिलैसँग चामल घरको दैलोमा पाउदा त्यहाँका स्थानीय खुशी समेत भएका छन।

तपाईको प्रतिक्रिया