Advertisement
SKIP THIS
अछाममा पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान सञ्चालन हुँदै

भगवती कुँवर साँफेबगर:अछाममा बालबालिकाहरुलाई पोलियो रोग बिरुद्धको आईपीभी खोप लगाईने भएको छ । आईपीभी खोप अभियान अन्र्तगत यहि जेठ १३ गतेदेखि २६ गतेसम्म बालबालिकाहरुलाई खोप लगाईने छ । २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मीएका बालबालिकाहरुलाई आईपीभी खोप लगाईने भएको हो ।

जिल्लाका १३ हजार ४ सय ४६ बालबालिकालाई खोप लगाईने भएको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपट ढुगांनाले जानकारी दिए । साफेबगर नगरपालिकामा शुक्रबार आयोजित आईपीभी खोप अभियान सम्बन्धी पालिका स्तरिय खोप समन्वय समितिसंग अभिमुखिकरण कार्यक्रमका सो को बारेमा जानकारी गराईएको हो ।

साफेबगर नगरपालिकामा ४९ खोप केन्द्रबाट १ हजार २ सय २२ जना बालबालिकालाई खोप लगाईने ढुगानाले जानकारी दिए । यो खोप निकै महत्वपुर्ण रहेको भन्दै आफ्ना बालबालिकाहरुलाई खोप नछुटाउन उहाले आग्रह गर्नु भयो । खोप लगाएपछि केहिलाई सामान्य केहि असर देखिन सक्ने भएकाले नआत्तिन सुझाब दिए । सन् २०२६सम्म बिश्वबाट नै पोलियो उन्मुलन गर्ने लक्ष्यका साथ यो अभियान सञ्चालन गरिएको उहाले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुवर,उपप्रमुख शिब बहादुर कुवर शिलोज लगायत वडा अध्यक्षहरु,कार्यपासलका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ शाखा प्रमुख जनस्वास्थ निरिक्षक लक्ष्मण नाथ योगीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया