Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिका पायल लुङ्ग्रा र मार्कु जोड्ने सडकको शिलान्यास

निराकरण खबर अछाम:चौरपाटी गाउँपालिका वडा नं ४ पायल र वडा नं ५ लुङ्रगा हुँदै वडा नं ७ मार्कु जोड्ने अन्तर वडा सडकको शिलान्यास गरिएको छ। मंगलबार जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले उप्त अन्तरवडा सडकको शिलान्यास गरे।

१ करोडको लगानीमा सडक उप्त सडक निर्माणको काम थालिएको चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए । अन्तर वडामा यातायातको सहज पुहचका लागि सडक निर्माण थालिएको अध्यक्ष साउदले बताए । सो सडक निर्माण सम्पन्न पश्ताव रिङ रोडको काम गर्ने पालिका भित्रका सबै वडामा पुग्न सहज हुन उनलेे बताए ।

तपाईको प्रतिक्रिया