Advertisement
SKIP THIS
अछाममा आगलागीबाट घाईते एक महिलाको उपचारको क्रममा मृत्यु

भगवती कुँवर साँफेबगर:अछाममा आगलागीबाट घाईते भएकी एक महिलाको मृत्यु भएको छ ।जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठानाकी अन्दाजी ६५ वर्षकी सुसिला देवि कोलीको बयालपाटा अस्पतालमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको हो।

गत बैशाख २१ गते छानोमा लागेको आगो निभाउन समयमा आगोमा परी शरिरको तल्लो भाग जलेर गम्भीर घाईते भएकी थिईन । मृत्यक सुसिलाको काठमाडौंको क्रितिपुर वर्न हस्पिटलले उपचार सम्भव नहुने भन्दै रिफर गरिएको थियो ।

राती स्वास्थ्यमा झन समस्या देखि पछि बयालपाटा अस्पतालमा लगिएको थियो र उपचारको क्रममा विहान उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया