Advertisement
SKIP THIS
रामारोशनको हेमन्त कृषि तथा पोल्टी फर्ममा आगलागी ,६ लाख बढिको क्षति

निराकरण खबर अछाम:अछामको रामारोशन ४ बाटुलासैनमा रहेको हेमन्त कृषि तथा पोल्टी फर्ममा आगलागी भएको छ। आईतवार दिउँसो ४ बजेतिर हावाहुरीका कारण बिधुतको तार सट हुदाँ आगलागी भएको फर्मका स्थानीय पुष्प बिष्टले बताए ।

आगलागीबाट कृषि फर्ममा रहेका दुई बोइल कुखुराका खोर दाना लगायत अन्य सामाग्री जलेर नष्ट भएको छ ।बोईलर कुखुरा फममा बोईलर कुखुरा समेत जलेका छन।आगलागीबाट
करिव ६ लाख बराबरको क्षति भएको छ।

लामो समय देखि कृषि व्यवसाय गरेका बिष्टको आम्दानीको स्रोत पनि यहि फर्म थियोे ।उनले यसबाट छोराछोरी पढाइ अनि घरपरिवारको खर्च चलाउथे ।

बार्षिक राम्रो आम्दानी हुने फर्ममा आगलागी भएको पछि बिष्ट निकै चिन्तित हुनका साथै राहतका लागि सबै लाई अनुरोध पनि गरेका छन । स्वदेशमै केही गर्छु भनेर कृषि क्षेत्रमा राम्रो प्रति गरेका बिष्टको व्यवसाय अरु युवाका लागि प्रेरणाको स्रोत पनि थियो ।

तपाईको प्रतिक्रिया