Advertisement
SKIP THIS
जिसस अछामको हलका लागि बजेट उपलब्ध गराईदिन अर्थमन्त्री महतलाई मागपत्र बुझाईयो

निराकरण खबर अछाम:जिल्ला समन्वय समिति अछामको सभा हल र आवासीय भवनको लागि अर्थ मन्त्री अर्थमन्त्री डा.प्रकाशशरण महतलाई माग पत्र बुझाईएको छ।

सोमबार अर्थमन्त्रालयमै पुगेर जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर,नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समिति सभापति जनक बहादुर धामीले अर्थमन्त्री प्रकाशशरण महतलाई माग पत्र बुझाएका छन।

अछाम जिल्ला सदरमुकाममा एउटा पनि हल नभएको सार्वजनिक देखि अन्य कार्यक्रम गर्न समस्या भएको भन्दै हल निर्माण गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिदिन समन्वय प्रमुख कुँवरले अर्थमन्त्री महतलाई आग्रह गरेका छन् ।

नयाँ निर्माण गर्ने गरी पुनः ५०० जन अट्ने क्षमताको सभाहल र क्वाटरको लागी स्वीकृत डिजाइन स्टिमेट समेत निर्माण गरिएको
स्टिमेट अनुसारको आवश्यक वजेट उपलब्ध गराईदिन प्रमुख कुँवरले अर्थमन्त्री महतलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया