निराकरण खबर अछाम:नेपाल शिक्षक संघ गाउँ कार्यसमितिको चौरपाटीको छैठौं प्रतिनिधि भेला सम्पन्न भएको छ।
शुक्रबार नेपाली कांग्रेस क्षेत्र नं १ प्रदेश सभा ‘क’ का सभापति महेश खड्काको प्रमुख आथित्यमा प्रतिनिधि भेला सम्पन्न भएको हो।कार्यक्रम बोल्दै प्रमुख अतिथि खड्काले शिक्षकहरु समाज परिवर्तन प्रमुख भएका समाज परिवर्तन शिक्षकहरुको अहम भुमिका रहेको बताए । समाजलाई सहि दिशामा लिन पनि शिक्षककै प्रमुख भुमिका रहेको बताए ।
कार्यक्रममा बिशिस्ट अथिति नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्र राज जोशी, नेपाल शिक्षक संघ अछामका पुर्व अध्यक्ष दिपक कुँवर रहेका थिए ।कार्यक्रम नेपाली कांग्रेस चौरपाटी गाउँपालिका कार्यवाहक सभापति देउमल खड्का,चौरपाटी गाउँपालिका वडा नं १ का बिर थापा, ५ वडा सदस्य नर बहादुर खड्का,वैद्यनाथ माबिका प्रअ शम्भु कुँवर, शिक्षक संघ चौरपाटीका पुर्ब अध्यक्ष कृष्ण खड्का लगायत मन्तब्य राखेका थिए ।
नेपाल शिक्षक संघ चौरपाटी गाउँपालिका अध्यक्ष देव बहादुर साउदको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन सचिब राम बहादुर साउदले गरेका थिए भने कार्यक्रममा नेपाल शिक्षक संघ र नेपाली कांग्रेसका बिभिन्न तहका नेता कार्यकर्ताको सहभागीता रहेको थियो