Advertisement
SKIP THIS
हिंसाबाट जोगीन प्रभा धम्कोटका छात्राहरुलाई आत्म सुरक्षा तालिम प्रदान

भगवती कुँवर साँफेबगर:साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरको प्रभा धम्कोट माध्यामिक विद्यालयले आयोजना गरेको आत्म सुरक्षा तालिमको आज समापन गरिएको छ ।

विद्यालयले बिषेश गरी ३ दिनको १२ देखि १९ वर्ष उमेर समूहका छात्राहरुको लागी आत्म सुरक्षा तालिमको आयोजना गरिएको हो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले छोरीलाई हेर्ने नजर परिवर्तनको लागि र आत्म विश्वास अभिवृद्धिको लागि यो तालिम एकदम आवश्यक रहेको बताए ।

उनले हिंसा, दुर्व्यवहार र शोषण विरुद्ध लड्नको लागि छोरीहरुलाई यस्ता तालिम बेला बखतमा आयाजना गरिरहनुपर्नेमा जोड दिए। महिलाप्रति दिनप्रतिदिन बढी रहेको हिंसालाई महिलाहरु आफैले आफ्नो सुरक्षा गर्न सकुन भन्ने उदेश्यले विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मसुरक्षा तालिमको सचालन गरिएको विद्यालयका प्रधानाध्यापक जोगराज कुँवरले बताए ।

कार्यक्रमको समापन गर्दे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश कुँवरले छात्रा तथा महिलाहरुमा आत्मविश्वाश बढाउन र यौन दुर्व्यवहारविरुद्ध बोल्ने हिम्मत जुटाउन तालिमको आयोजना गरिएको बताए ।उनले पछिल्लो समयमा बलात्कार तथा हिंसाका घटनाहरु बढ्दै जाँदा किशोरिहरु असुरक्षित बन्दै गएका कारण किशोरीहरुलाई आत्म सुरक्षा तालिम प्रदान गरिएको बताए ।

तपाईको प्रतिक्रिया