Advertisement
SKIP THIS
नेपाली सेनाद्वारा बेलखेतमा सुबिधा सम्पन्न प्रतिक्षालय निर्माण

निराकरण खबर अछाम:श्री गोरख बक्स गण र कमलबजार नगरपालिकाको निमार्ण सामाग्रीमा अछामको बेलखेतमा मलामिहरुका लागि सुबिधा सम्पन्न प्रतिक्षालय निर्माण गरिएको छ।

नेपाली सेनाको सिघ्र प्रभाव परियोजना (QIPs) अन्तरगत निर्माण गरिएको प्रतिक्षालय बिहिबार एक कार्यक्रमका बिच कमलबजार नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा प्रमुख अथितीको जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले प्रतिक्षा निर्माण भएपछि वर्षा र रातको समयमा मलामीलाई बस्न सजिलो हुने बताए । नेपाली सेना गर्भिलो ईतिहास बोकेको संगठन भएको,सेनाले हात हालेका काम जसरी पनि फत्ते गर्ने गरेको भन्दै सेनाको प्रशासा गरेका थिए ।

गोरख बक्स गणका गणपति जनक सिलवालले नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत स्थानीयको आवश्यकता अनुसार प्रतिक्षालय निर्माण गरिएको बताए ।नेपाली सेना र नागरिक बीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले ७ लाख ५० हजारमा प्रतिक्षालय सँगै पक्की कम्पाउण्ड, आधुनिक शौचालय र पिपल चौतारी निर्माण गरिएको र कमलबजार नगरपालिकाले ७ लाख ५० हजार बराबरको निर्माण सामग्री उपलब्ध गराएको थियोे ।

प्रतिक्षालयबाट कमलबजार नगरपालिका ६ वटा वडा र पञ्चदेवल विनायक नगरपालिकाका ४ वडाका नागरिक लाभान्वित हुने कमलबजार नगरप्रमुख ढकालले बताए ।हाल मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा घरको दोस्रो तला थपेर किरियापुत्री भवनका रूपमा विकास ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया