Advertisement
SKIP THIS
हाजिर गर्न दिनहुँ क्याम्पस आउनुपर्ने भएपछि प्राध्यापकले हाजिरी मसिन नै बोकेर लगे

काठमाडौं:हाजिर गर्न दिनहुँ क्याम्पस आउनुपर्ने भएपछि त्रिभुवन विश्वविद्यालय (टीयू) का प्राध्यापकले विद्युतीय हाजिरी मसिन नै बोकेर लगेको खुलेको छ ।

त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बाेल्ने क्रममा प्राध्यापकलाई सिस्टममा ल्याउन डिजिटल हाजिरी ल्याएको भए पनि उनीहरूले डिजिटल हाजिरी नै घर लगेको बताएका हुन् ।

“आजभोलिका शिक्षक पनि यस्ता भए कि, २२ गते पुगेपछि अकाउन्टेन्टले हाजिर गर्न आउनुस् भनेर भन्ने चलन थियो,” उपकुलपति बास्कोटाले भने, “अनि आएर तलब बुझ्ने चलन थियो । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको, शिक्षकहरूले बोकेर हिँडे ।”

हाजिरी मसिन बोकेर हिँड्ने शिक्षकहरूलाई कारबाही गर्न निवेदन दिएपनि प्रहरीले उजुरी दर्ता गर्न नमानेकाे उनको गुनासाे छ ।

तपाईको प्रतिक्रिया