Advertisement
SKIP THIS
पूर्व उपसभामुख बनिन् सरकारी शिक्षिका

विराटनगर :कोशी प्रदेशकी पूर्व उपसभामुख सरस्वती पोखरेल सरकारी विद्यालयमा शिक्षकको रूपमा पढाउन थालेकी छन् । उनले इटहरीको जनता माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउन थालेकी हुन् ।

पोखरेलले आइतबार सो विद्यालयमा कक्षा ११ को सामाजिक विषयको कक्षा लिएकी हुन् ।

उनी कोशी प्रदेशको पहिलो उपसभामुख हुन् । माओवादीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी उनले ५ वर्ष उपसभामुख भएर बिताइन् ।

हामीलाई पिरियड बेसिसमा पढाउने शिक्षकको खाँचो थियो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी दङ्गालाले आजबाट पूर्व उप सभामुखले कक्षा लिन थालेको बताए ।
उनले भने, ‘उहाँले सरकारी विद्यालयमा पढाउने इच्छा छ भन्नु भयो, हामीले कक्षा लिनु न त भनेर भनेका हौं ।’

२०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३(१) बाट प्रत्यक्ष निर्वाचन लडेकी पोख्रेल रोहित बहादुर कार्कीसँग पराजित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया