Advertisement
SKIP THIS
पूर्वाधार विकास कार्यालय अछामका सब इन्जिनियर मृत भेटिए

अछाम:अछाममा एक जना मृत भेटिएका छन् । आईतबार बिहान १० बजेतिर पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत सब इन्जिनियर समशेर खड्का मृत भेटिएका हुन् ।

उनि जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ बर्षिय खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।

रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

उनी पूर्वाधार विकास कार्यालय अछाममा करारमा सब इन्जिनियर पदमा कार्यरत रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

तपाईको प्रतिक्रिया