Advertisement
SKIP THIS
सहकारीको पैसा तिर्न नसकेर बागलुङको ढोरपाटनका मेयर फरार

काठमाडौं :बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।

‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् ।

श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताइन् ।

उहाँले प्रहरीमा निवदेन दिएर हराउनु भएको रहेछ, नगरपालिकाको तर्फबाट केही जानकारी नआएपनि प्रशासनले निरन्तर खोजिरहेको छ’ प्रजिअ श्रेष्ठले भनिन् ।

नगरपालिकाका उपप्रमुख धनबहादुर कठायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर उनी अहिले सम्पर्कविहीन भएको बताए । ‘उहाँले ५ गते आफू नआउन्जेल कार्यवाहक चलाउनुस् भन्ने पत्र दिएर जानुभएको थियो, त्यसपछि कहाँ हुनुहुन्छ भन्ने थाहा छैन’ उपप्रमुख कठायतले बताए । अध्यक्ष नेपालीलाई सम्पर्क गर्न खोजेता पनि उनीसँग सम्पर्क हुन नसकेको कठायतले बताए ।

‘सहकारीमा समस्या थियो भन्ने सुनिएको हो, पत्र दिएपछि कहाँ जानुभयो, किन हराउनु भयो भन्ने केही थाहा छैन’ उपप्रमुख कठायतले बताए ।

तपाईको प्रतिक्रिया