Advertisement
SKIP THIS
रवि लामिछानेका गाडी चालक तीन तलाबाट खसे

चितवन:राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

चितवन भरतपुर ११ मा रहेको एक घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना विहान ४ बजेको हो । टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया