Advertisement
SKIP THIS
काठमाडौं सिस्नु चिलाउदै मनाईयो विसु पर्व

काठमाडौँ: नयाँ वर्ष २०८० र विसु पर्वको अवसरमा काठमाडौँमा सिस्नु चिलाउने तथा रचना सुन्ने सुनाउने कार्यक्रम सम्पन्न भएको छ । नौखुवा प्रतिष्ठान नेपाल र नब्सको आयोजनामा ‘विसु त्यारमा सैनु चिलाउन्या- तथा रचना सुन्न्या सुनाउन्या कार्यक्रम’ चाबहिलस्थित नब्स स्कुलमा सम्पन्न भएको हो ।

नयाँ वर्षको शुभारम्भ हुने दिनका रूपमा वैशाख १ गतेका दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा ‘विसु पर्व’ मनाइने गरिन्छ । विसुका दिन सिस्नु लगाउने परम्परा रहेको छ । विसु पर्वकै अवसरमा नौखुवा प्रतिष्ठानले आफ्नो भाषा, संस्कृति र परम्पराको विकास तथा संरक्षणमा युवा पुस्तालाइ जागरूक बनाउने उद्देश्यका साथ वैशाख १ गते शुक्रवार उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमा सहभागीहरूले एक आपसमा सिस्नु चिलाउदै रमाइलो गरेका थिए ।

नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष्य कमल संघर्षको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा भाषा, संस्कृतिप्रेमी पूर्ण रावल प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि सिनेकर्मी तथा भाषा साहित्यप्रेमि नवराज रिमाल, देउडा गायक टेक बोगटी, साहित्यकार एम पि पाण्डे रहनु भएको थियो ।

त्यस्तै अछाम जन्मथलो भएका गायक आशिष महर, गोपालजङ्ग थापा, सञ्जन धामी, हास्यकलाकार हेमराज अधिकारी ‘खण्टे खलास’ तथा गजलकार एकेन्द्र अछामी, हेमन्त शिशिर, धुर्वा तिमिल्सैना, सागर रिमाल, सुवास आउजी, चित्रकला बुढथापा, कौशिला कुँवर, सुमन धमला लगायतले आफ्नै रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित तिन दर्जन बढि संस्कृतिप्रेमिहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गजलकार शिवराज खनाल कल्पितले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया