Advertisement
SKIP THIS
क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै

काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आइतबार हुँदै छ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आइतबारका लागि तोकेको हो ।

अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई प्राथमिकतामा राखिएको छ । लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो ।

पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समय सीमा अभावका कारण गत बिहीबार सुनवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

एक किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।

तपाईको प्रतिक्रिया