Advertisement
SKIP THIS
बलात्कार मुद्दा जेल गएका ब्याक्तिद्वारा जेलमै बलात्कार

दाङ : तुलसीपुर कारागारका एक महिला कैदीमाथि  कारागारभित्रै बलात्कार भएको छ।

गत  कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्री गाउँका २८ वर्षीय खुमबहादुर चौधरीले  ति कैदीमाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कात्तिक १७ गते दिउँसो  करिब सवा २ बजेतिर घटना भएको हो। घटना घटेको दिन नै पीडितले इप्रका तुलसीपुरमा  कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा बलात्कार गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेस गरेको उनले बताए ।

यो अदालतको प्रक्रियामा रहेको हुँदा यो विचाराधीन रहेको र उनीहरू दुबै तुलसीपुर कारागारमा कैद भुक्तानी गर्दै आएका व्यक्तिहरू रहेको पनि उनले बताए । उनले भने,‘  खुमबहादुर यसअघि पनि जबर्जस्ती करणमा कैद भुक्तान गर्दै आएका छन् । पीडित भने ठगी मुद्दामा कैद भुक्तानी गर्दै आएकी छिन् ।’

उनका अनुसार चौधरीले पहिला पनि जबर्जस्ती करणीको कैद भुक्तानी गर्दै आएका छन्। अब फेरि कारागार भित्र कैदीलाई बलात्कार गरेको घटनाले अब फेरि ७ देखि १० वर्षसम्म कैद सजाए हुनसक्छ ।

उनले भने,‘पीडितको उमेर ३० वर्षको हुँदा ७ देखि १०  वर्षसम्म सजाय हुनसक्ने र कैद भुक्तानी गरिरहेको व्यक्ति भएको  हुँदा थप सजाय पनि हुनसक्छ ।

यस्तै, गत पुस १६ गते आरोपित, पीडितलगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनले जानकारी दिए। अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पनि उनले बताए ।

उनका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए ।

उनले थपे,‘दुबै जना चौकीदार हुँदा कारागारभित्र कामकाज गर्नको लागि बाहिरभित्र गर्न सहज हुन्छ। पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर जबर्जस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ।’

आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया