Advertisement
SKIP THIS
मृगौला पिडित दिलिप नगार्जीको उपचारको लागि आर्थिक सहयोग

निराकरण खबर अछाम :विद्यार्थी अभियान अछामले मृगौला पिडित दिलिप नगार्जीको उपचारको लागि आर्थिक सहयोग गरेको छ।

जिल्लाका विभिन्न संघ संस्था तथा समाजसेवीहरूबाट विद्यार्थी अभियानले सङ्कलन गरेको ३४ हजार रकम मिर्गौला पीडित नगार्जीकी आमा सीता नगार्जीलाई हस्तान्तरण गरिएको अभियन्ता मनोज रावल जानकारी दिए।

विद्यार्थी अभियान अछामका अभियन्ता मनोज रावल,भरत राना,नवराज बिक,अनिल रैगाईको सक्रियतामा सङ्कलन गरिएको बिहीबार मिर्गौला पीडितकी आमालाई हस्तान्तरण गरिएको हो ।

साँफेबगर नगरपालिका वडा नम्बर १० का मिर्गौला पीडित दिलीप नगार्जी सानै छदा एक किड्नीले मात्रै काम गरेको अहिले सो किड्नीले समेत काम गर्न छोडेको परिवारले जनाएको छ।नगार्जीको भारतको पुणेमा उपचार भईरहेको छ।

सहयोग गर्न सक्ने माध्यम
“कृषि विकास बैंक लिमिटेड”
0822603032227013
मनोज रावल(manoj rawal)
फोन नं:9864100176

तपाईको प्रतिक्रिया