Advertisement
SKIP THIS
बिद्यार्थी राजनिति किन ?

“शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो
जसको सहारामा तिमी संसार बदल्न सक्छौ”
न्हुछेरत्न बुद्धाचाय

शिक्षा नै जीवनको ज्योति हो । शिक्षाविना मानव समाज विकसित हुँदैन। हालसम्म हाम्रो देशमा के कस्ता शिक्षाको विकास भए बुझ्नको लागि यसको चर्चा आवश्यक छ। शिक्षाको मुख्य काम भनेको देशका नागरिकहरुलाई शिक्षित बनाउनु हो। अन्याय, अत्याचार, सामन्ति पुँजीवादी कुरीति र कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा औपचारिक रूपमा होस् या अनौपचारिक रुपमा होस् शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ। ‘जसको शक्ति उसको भक्ति’ गर्ने चलनले हुँदा खाने र हुने खानेहरूको बीचमा शिक्षा प्राप्त गर्ने सवालमा गहिरो खाडल रहेको छ । शिक्षा र राजनीतिसंगै जोडेर बोले वा लेखे थोरैले मन पराउछन तर धेरैले मन पराउँदैनन् शिक्षामा राजनीति बढी भयोत्यसो नभएको भए राम्रो हुन्थ्यो भन्ने बुझाई छ।शिक्षा विग्रेको राजनीतिले नै हो भनेर ठोकुवा गर्नेहरु पनि नभएका होइनन् । यस प्रकारका टिप्पणी, बहस र चर्चा प्रत्येक दिन सुन्न र देख्न पाइन्छ ।

धेरैलाई भ्रम पनि छ शिक्षासंग राजनीतिक गर्नेहरुसँग कुरामा तर,वास्तविकता चाहीं के हो त ?
शिक्षा र राजनीति जोडेर बोल्न लेख्न नै नहुने हो त र?
यी दुईको सम्बन्ध कस्तो हुनुपर्ने हो ?
शिक्षामा राजनितिकको आवश्यकता नभएको हो तर

वास्तवमा भन्ने हो भने शिक्षा र राजनीति एक सिक्काको दुई पाटा जस्तै हुन् । यसको बीचको सम्बन्ध र अन्तरनिर्भरता अन्योन्यश्रित रहेको हुन्छ । हाम्रो समाजमा अझै पनि युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर साँच्चिकै वास्तविकता के हो भने राजनीति युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ । किनकी विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् भने समाज रुपान्तरणका वाहक र संचालक शक्ति भनेका युवा विद्यार्थी नै हुन्र।यही शिक्षा प्रणाली, दक्ष र जनशक्तिको निर्मान गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसँग असम्बन्धित् हुँदा सामन्ती संरचनामा युवाहरु वैदेशिक रोजगारीमा खाँडी मुलुकमा विदेशीन बाध्य भएका छन् र काठको बाकसमा फर्किने गरेका छन् ।त्यस कारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि धारिलो हतियार बनाउँदै, विद्धमान सामन्ती संरचना भित्रको बुर्जुवा शिक्षालाई नष्ट गर्दै, मानिसको दैनिक जीवन पद्दतिसँग मिल्ने व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणाली वर्तमानको अनिवार्य आवश्यकता हो ।

२१ औँ शताब्दीमा पनि १७र१८ औँ शताब्दीको लेखा काल्पनिक घटनाहरुको मिश्रित् पाठ्यक्रमलाई समावेश गरेर छापिएका उत्पादन प्रणालीसँग असम्बन्धित् वर्तमान शिक्षा प्राप्त गरेर सर्टिफिकेट पाउनु बाहेक अर्को केही उपलब्धि छैन।युवा विद्यार्थीहरुले राजनैतिक चेतनाले प्रबुद्द भएर अनुशासित रूपमा राजनैतिक संघर्षमा भाग लिनु, प्रगतिशील आन्दोलनलाई उचाईमा पुर्याउन, गलत चिजको भण्डाफोर गर्नु, साम्यवादी समाजको स्थापनाको लागि संघर्ष गर्नु, सामान्तवादी शोषणको जालोलाई उखेलेर मिल्काउनु र शैक्षिक माफिया हरुलाई होसियार गराउनु हामी युवा विद्यार्थीहरूको अनिवार्य कार्य हो ।

अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार र कुरीतिलाई चिर्दै सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा हामी युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ । समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुसँगै भएकोले समाजमा युवा विद्यार्थीहरुले राजनीति लाग्नु हुँदैन भन्ने सोच र भम्रलाई बदल्ने हो भने युवा विद्यार्थीहरुलाई राजनीतिक परीक्षण र अध्ययन अनिवार्य हुन्छ । समाजमा देखिन्ने विभिन्न प्रकारका व्यक्तिगत स्वार्थहरुलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नु पनि युवा विद्यार्थीहरुको एतिहासिक कार्यभार हो । विद्यार्थीको प्रतिभालाई अधिकतम् उत्खनन् गरेर उनीहरुको ऊर्जाशील क्षमतालाई सामाजिक रुपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले नै निर्णायक भूमिका खेल्छ । विद्यार्थी जीवनमा औपचारिक रूपमा विद्यालयहरूमा गएर सिक्नु मात्र प्रयाप्त नभई मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ ।

औपचारिक होस् या अनौपचारिक शिक्षा आर्जन गरे पनि विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा कुनै शंका रहन्न । समाजमा घट्ने घटनाहरु के कसरी घट्दछन्, समाज रुपान्तरणको बाटो के हो, वर्तमान सामन्ती समाजको अन्त्य के कसरी हुन्छ, मानव समाजको सबै भन्दा उत्तम शसन, व्यवस्था साम्यवादी समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमनलाई अन्त्य गर्नको लागि हाम्रो कस्तो भूमिका। हुन्छ त्यस प्रकारको ज्ञानको लागि हामीले अनिवार्य रुपमा प्रगतिशील साहित्य तथा विचारको अध्ययन गर्न अनिवार्य छ ।विद्यार्थीहरूसँग राजनीतिक चेतनाको अभाव भएकोले नै उनीहरूले त्यस प्रकारको विचारहरू गर्ने गर्दछन्। अहिलेका सचेत युवा विद्यार्थीहरु हरेक समस्याहरु प्रति आँखा चिम्लेर बस्नु कदापि पनि सहि हुने छैन ।मुलुकमा भएको राजनीति शिक्षा नीतिमा मुखरित हुनुपर्छ ।

हाम्रो देशमा स्थापित संघीयता, गणतन्त्रात्मकता र समाजवादोन्मुख आर्थिक नीतिको जग बसाउने र सोही अनुसारका दक्ष नागरिक तयार गर्ने काम शिक्षा क्षेत्रको हो । राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिको भूमिका हुन्छ ।राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनीकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ, तर शिक्षामा अशोभनीय स्वार्थी राजनीति गर्नु घातक छ ।

गणेश धामी बान्निगढी जयगढ गा पा ६ दर्ना

तपाईको प्रतिक्रिया