Advertisement
SKIP THIS
बिएफआई क्लवद्वारा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण

निराकरण सम्वाददाता अछाम:बिएफआई क्लवद्वारा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ।

नयाँ बर्ष २०७८ सालको अवसरमा अस्पतालका बिरामी साथमा आएका कुरुवा र अस्पतालका स्वास्थ्यकर्मीहरुलाई फलफूल जुस र पानी बितरण गरिएको क्लव अध्यक्ष दिपक बहादुर खड्काले बताए ।

बिएफआई क्लव साफेबगरमा रहेका सम्पुर्ण बैंक , फाइनान्स तथा बिमाहरुको संगठन हो । बिएफआई क्लवले साफेबगरमा रहि विभिन्न सामाजिक कार्य गर्दै आएको छ। फलफूल जुस र पानी बितरण कार्यक्रममा बिएफआई क्लवका बरिस्ठ उपाध्यक्ष पुनित शाह लगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया