Advertisement
SKIP THIS
रास्वपालाई सुदूरमा स्थापित गरेका चन्दले घोषणा गरे प्रदेश सभापतिका लागि उम्मेदवारी

अछाम:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सुदूरपश्चिम प्रदेश सभापति नरेन्द्र बहादुर चन्दले रास्वपाको पहिलो आसन्न प्रदेश अधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

२०६२ सालदेखि सक्रिय राजनीतिमा रहनुभएका चन्दले लामो समय नेकपामा रही विभिन्न जिल्ला र प्रदेशस्तरीय जिम्मेवारी सम्हालिसकेका छन्। रास्वपाको स्थापनासँगै सुदूरपश्चिम प्रदेशमा रास्वपालाई बिस्तार गरेका चन्दले पहिलो महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन।

रास्वपाको स्थापना सँगै सुदुर पश्चीम प्रदेशका सबै जिल्ला र पालिकाहरूमा संगठन विस्तारमा सक्रिय रुपमा लागेका चन्द्र २०७९ को प्रतिनिधि सभा निर्वाचन व्यवस्थापनमा सक्रिय भूमिका खेलेका थिए ।हाल रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन विभागको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया