Advertisement
SKIP THIS
एक वर्षमा २२२ देश तथा क्षेत्रमा पुगे नेपाली, सबैभन्दा धेरै कुन देश जान्छन् ?

सन् २०२३ मा विभिन्न उद्देश्यले १६,०३,८३६ जना नेपाली विश्वका २२२ देश तथा क्षेत्र पुगेका छन् ।वैदेशिक रोजगारी, घुमघाम, आफन्त र परिवार भेट्न, अध्ययन, अस्थायी आवास, स्थायी आवास, सभा–सम्मेलन, तालिम, डिपेन्डेन्ट, उपचार, व्यापार, खेलकुद कार्यक्रम, कन्सर्ट, सांस्कृतिकलगायतका कार्यक्रममा सहभागी हुने उद्देश्यले नेपालीहरू विदेश जाने गरेको विभागले सोमबार जारी गरेको विवरणमा उल्लेख छ ।
कहाँ कहाँ कति गए नेपाली ??
यूएईमा २,७१,८८
भारत १,८०,६०२
कतार१,७९,४४१
मलेसिया १,६५,२०१
साउदी अरेबिया १,३६,२०३
अस्ट्रेलिया १,०५,३४३,
जापान ८२,७७२,
अमेरिका ६७,८१०
बेलायत ५३,४०१
कुवेत ४८,१०३
दक्षिण कोरिया ३४,८६४
थाइल्यान्ड ३०,१८४,
क्यानडा २३,२८९
चीन २०,१८१
हङकङ १८,०१९
ओमान १२,३८३
रोमानिया ११,२८२
सिंगापुर १०,६३८
पोर्चुगल १०,६३८
बंगलादेश १०,०५२ जना नेपाली गएका थिए ।

विभागले उपलब्ध गरेको तथ्याङ्क अनुसार बहराइन, क्रोएसिया, माल्दिभ्स, जर्मनी, न्युजिल्यान्ड, साइप्रस, माल्टा, पोल्यान्ड, डेनमार्क, फ्रान्स, श्रीलंका, फिनल्यान्ड, दक्षिण सुडान, मौरिसस्, ब्रुनाई, स्पेन, मकाउ, अजरवैजान, इन्डोनेसिया, अस्ट्रिया, इटाली र फिलिपिन्स जाने नेपालीको संख्या पनि ठूलो रहेको छ ।

तपाईको प्रतिक्रिया