Advertisement
SKIP THIS
जानौं, तुलसीको महत्व यस्तो छ

१) परिचय:
तुलसी संसारका प्राय सबै ठाउँमा पाइने बनस्पति हो। यो हिन्दूहरुको अत्यन्त पुजनीय एवम उपयोगी बनस्पति मानिन्छ। तुलसीलाई आदिमकालदेखि हिन्दू धर्म र संस्कृतिमा महत्त्वपूर्ण वनस्पतिको रूपमा मानिनएकोछ। नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मार, थाइल्यान्ड लगायतका देशका हिन्दूका हरेक घरघरमा तुलसीको मठ ९ तुलसी रोप्न बनाइएको बिशेष ठाउँ० बनाएर तुलसी लगाउने गरिन्छ। हिन्दू धर्ममा तुलसीको बिषेश धार्मिक महत्त्व छ। धार्मिक पुस्तक कै अभिन्न अंग आयुर्वेद शास्त्रमा पनि तुलसीलाई महत्त्वपूर्ण आयुर्वेदिक वनस्पलतिको रुपमा बर्णन गरिएको छ।
धर्मशास्त्रमा तुलसीलाई ज्ञान, बैराग्य र भक्तिको प्रतिकको रूपमा अर्थ्याइएको छ।तुलसीलाई ज्ञानको प्रतीक राम,तुलसीलाई बैराग्यको प्रतीक लक्ष्मण र ूसीू लाई भक्तिको प्रतीक सीता भनेर अर्थ्याइएकोछ। यसरी तुलसी शब्दको हरेक अक्षरको अर्थलाई विश्लेषण गर्दा तुलसी शब्दको अर्थ ज्ञान, बैराग्य र भक्ति एवम् भक्तिको प्रतीक मानव जीवन रहेको प्रतीत हुन्छ।

पुराणहरुमा तुलसीको विभिन्न नाम उल्लेख भएको पाइन्छ। ब्रह्मबैवर्त पुराणमा तुलसीको आठ नाम उल्लेख छ। ती नामहरु हुन ( वृन्दा, वृन्दाबनी, विश्वपुजिता, विश्वपावनी, पुष्पसरा, नन्दिनी, तुलसी र कृष्णजीवनी । पुराणमा प्रत्येक नामको फरकफरक अर्थ पनि उल्लेख गरिएकोछ।
विश्वमा तुलसीको ५ प्रजाती रहेको उल्लेख पाइन्छ ( श्याम ९कृष्ण० तुलसी, राम तुलसी, बिष्णु ९श्वेत० तुलसी, वन तुलसी र निबु तुलसी । धार्मिक शास्त्रमा तुलसीका ५ प्र्कार उल्लेख गरिएको भएपनि भारतीय विद्वानहरुले बिमला तुलसीको पनि उल्लेख गरेका छन। हिन्दूहरुको घरघरमा लगाइने तुलसी श्याम (कृष्ण) तुलसी र राम तुलसी हुन। श्याम ९कृष्ण० तुलसीको पात र डाँठ कालोकालो रंगको हुन्छ भने राम तुलसीको पात र डाँठ हरियो हुन्छ।

२) धार्मिक महत्त्व :

हिन्दू धर्मशास्त्र अनुसार तुलसीलाई जीवन रक्षक बनस्पति मानिन्छ। हिन्दू धर्मशास्त्रमा तुलसीलाई जगत सृष्टिकर्ता भगवान बिष्णुको अवतार वा प्रतिरुप मानिन्छ। तुलसीलाई भगवान बिष्णुकी प्रीया एवम साक्षात भगवती लक्ष्मीको रुप र लक्ष्मी कै अबतार बृन्दाको रुपमा समेत बर्णन गरेको पाइन्छ।
हिन्दू समाजमा युगौयुगदेखि तुलसीको महत्व रहेको पाइन्छ। सत्य युगदेखि नै मानव जीवनको अभिन्न धार्मिक अंगका रुपमा तुलसीको महत्व कायम रहेको पाइन्छ। हिन्दू धर्मशास्त्रमा भगवान बिष्णु तुलसीको रूपमा हरेक घरघरमा स्थापित भएर बिराजमान हुने बिश्वास गरिन्छ। सत्य युगदेखि नै मानव जीवनको अभिन्न अंगका रूपमा तुलसीलाई मान्दै आइएकोछ। त्रेता युगमा तुलसीलाई रामका नामले ज्ञानको प्रतिक मानिने र भक्तिको रुपमा रामले सीताको अभाबमा आफ्नो आँसुले तुलसीलाई सेचन गर्नुभयो भन्ने भनाई पाइन्छ। द्वापर युगमा तुलसी सत्यभामाको जीवन संगिनी बनेकी र कृष्णप्रीया समेत भइ गोलोक धाममा मा राधिकाका नामले प्रख्यात भएकी भन्ने उल्लेख पाइन्छ। महाभारतमा उल्लेखित भगवान कृष्णको क्रिडास्थल बृन्दावन पुरै तुलसीले ढाकिएको पाइन्छ ।

हिन्दु धर्माबलम्बीहरु घरमा तुलसीको मठ बनाएर तुलसी रोप्दछन। तुलसी रोप्ने पनि बिधान र समय हुन्छ। जेष्ठ कृष्णपक्षको एकादशीमा तुलसीको बीउ रोप्ने, जेष्ठ शुक्लपक्षको एकादशीमा तुलसी सार्ने र असार शुक्लपक्षको एकादशी अर्थात हरिशयनी एकादशीका दिन तुलसीको मठमा तुलसी सारेर पुजाअर्चना गर्ने गरिन्छ। यही मठमा सारेको तुलसीलाई हरेक दिन बिहान बेलुका पुजा गर्ने र मठमा दियो बल्ने गरिन्छ। दैनिक पुजा गर्न नसक्ने, नभियाउने र नगर्ने हरुले पनि एकादशी, कृष्णाष्टमी जस्ता पर्बमा पुजा गर्ने गर्दछन। हिन्दूहरुले घरघरमा धार्मिक महत्त्वका साथ रोप्ने तुलसी चाहिँ राम तुलसी र कृष्ण तुलसी हुन। समाजमा यी दुबैको समान महत्त्व छ। समाजमा राम भक्तहरुले राम तुलसी र कृष्ण भक्तहरुले कृष्ण तुलसीलाई थप महत्त्व दिएको पनि पाइन्छ ।

३) आयुर्वेदिक महत्त्व :
तुलसीको प्रयोगले ८९ प्रकारका रोग सन्चो हुने कुरा आयुर्वेदमा उल्लेख छ। रुघाखोकी लागेमा तुलसीको पात पानीमा उमालेर पिउने चलन धेरै नेपालीको घरमा छ। झाडापखाला लागेमा, आउँ परेमा, रगतमासी परेमा, अल्काइ भएमा, बालतोड घाउ भएमा, घाँटी बसेमा, अजिर्ण अथवा खाना अपच भएमा, अरुचि भएमा पनि तुलसीको प्रयोग उपयोगी मानिन्छ। छाला रोगमा तुलसीको प्रयोग अचुक औषधि मानिन्छ।
हालै गरिएको एक अध्ययनले मुटु रोग र मृगौला रोगलाई पनि तुलसीको प्रयोग उपयोगी भएको पाइएको छ। भारतीय बैज्ञानिकहरुले हालै गरेको अनुसन्धानले तुलसीको प्रयोगले क्यान्सरसंग लाड्ने क्षमता वृद्धि भएको प्रमाणित गरेका छन।
हिजोआज तुलसीको चिया पिउने र विभिन्न साबुन, स्याम्पुहरु तुलसीवाट बनाउने र प्रयोग गर्ने चलन बढेको छ। तुलसीको व्यावसायिक खेती गर्ने चलन पनि बढ्दै छ।

४)बैज्ञानिक र वातावरणीय महत्त्व :
संसारका धेरै अनुसन्धानले धेरै अक्सिजन उत्सर्जन गर्ने बिरुवाहरु मध्ये तुलसी पनि एक भएको प्रमाणित गरेकाछन। तुलसीको वरपर यसको परिधिभित्र कुनै किटाणु टिक्न सक्दैनन्। तुलसीको पात खानामा मिसाउँदा खाना बिष मुक्त हुने र खाना चाँडै नसड्ने बिश्वास गरिन्छ।
विभिन्न खोजहरुले तुलसीको वरपर सकारात्मक उर्जा प्रबाह हुने प्रमाणित गरेका छन। तुलसीमा एण्टिवायोटिक, एण्टिफङगल र एण्टिब्याक्टेरियल गुण पाइन्छ। यसले मानव शरीरमा संक्रमणसंग लड्न मद्दत गर्दछ। तुलसीको पात नियमित सेवन गर्नाले शरीरमा उर्जा प्रबाह नियन्त्रण हुनुका साथै आयु बढ्ने बिश्वास गरिन्छ। तुलसीले वरपरको वातावरण शुद्धीकरणमा समेत सहयोग गर्दछ ।

५) उपसंहार :
यसरी हेर्दा तुलसी मानव जातिका लागी एक उपयोगी बनस्पति प्रमाणित हुन्छ। तुलसीको उपयोगिताका बारेमा धेरै अध्ययन अनुसन्धान भएका छन र अझै धेरै हुन बाँकी छन। अनुसन्धानवाट प्रमाणित भएका कुराहरुको मानव जीवनमा प्रयोग हुनु पनि आबस्यक छ। तुलसीको बीजारोपणदेखि विवाह संस्कारसम्म उत्सवका रुपमा धुमधामले मनाउने हामीले अब तुलसी र यसको उपयोगितालाई वैज्ञानिक दृष्टिले हेर्ने दिन पनि आएकोछ ।

तपाईको प्रतिक्रिया