Advertisement
SKIP THIS
साफेँबगर नगरपालिकाद्वारा अछाम कारागारका कैदी बन्दीलाई सामग्री हस्तान्तरण

अछाम :अछाम कारागारका कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ । साँफेबगर नगरपालिकाले २ लाख १५ हजार बराबरको कैदी बन्दीलाई सामग्री हस्तान्तरण गरिएको साँफेबगर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए।

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर आफै कारागार पुगेर कारगारका निमित्त प्रमुख धनबहादुर शाहीलाई  कैदी बन्दीको लागि सामग्री हस्तान्तरण गरे।

कारागारका कैदीबन्दीहरुको लागि ३ थान सोलारपावर, २ थान व्याट्री, ३ सेट टिभि, ४ थान फोकसलाईट, १÷१ सेट भलिवल र नेट, १ हजार लिटरको पानी ट्यांकि, र ५ थान डस्बिन सहयोग गरिएको प्रमुख प्रसाशकीय अधिकृत शर्माले बताए ।

एक महिना अघि सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी कारगारमा कैदीवन्दिको लागि सिपमुलक तालिमको उद्घाटन गर्न आउने क्रममा कैदी बन्दिहरुले उक्त सामग्रीको माग गरेका थिए ।

तपाईको प्रतिक्रिया