Advertisement
SKIP THIS
अछामका ५ जनाद्धारा कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेसको जारी १४ महाधिबेशनका अछाम जिल्लाबाट जनाले ५ केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन ।

अछाम क्षेत्र नं १ बाट महाधिबेशन प्रतिनीधी पुर्व सुचना तथा सञ्ंचार राज्य मन्त्री गोबिन्द्र शाह, हालका पार्टी सभापती भरत कुमार स्वार,पुर्ब महासमिती सदस्यसमेत रहेका टिकाराम खनाल र डिबी सुनारले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन ।

सभापती स्वारले पिछडिएको क्षेत्रबाट र युवा नेता डिबी सुनारले दलित आरक्षण कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन ।
यस्तै अछाम क्षेत्र नं २ बाट महाधिबेशन प्रतिनीधि बल बहादुर कुँवरले १४ औं महाधिबेशनमा आफुलाई केन्द्रिय सदस्यको उम्मेदवारको प्रस्तुत गरेका छन ।

यो पनी पढौ

६१ बर्षसम्म अछामबाट कांग्रेसको केन्दीय समितीमा एक जना छैनन् , सदस्य

तपाईको प्रतिक्रिया