Advertisement
SKIP THIS
६१ बर्षसम्म अछामबाट कांग्रेसको केन्दीय समितीमा एक जना छैनन् , सदस्य

निराकरण सम्वाददाता अछाम:२०१७ सालमा नेपाली कांग्रेसको ७ औं महाधिबेशनबाट अछामबाट दिल बहादुर बुढ्थापा पहिलो केन्द्रिय सदस्य भएका थिए त्यती बेला कांग्रेसको केन्द्रिय समिती करिव २० जनाको रहेको थियो ।

करिव ६१ बर्षसम्म हुदाँ समेत अछाम जिल्लाबाट एकजना समेत केन्द्रिय समितीमा पर्न सकेका छैनन, हाल नेपाली कांग्रेसको केन्द्रिय समिती १सय भन्दा बढी रहेको छ । बरु नेकपा एमालेमा भने डा. भिम रावल केन्द्रिय उपाध्यक्ष भइसकेका छन , ऐमालेको चितवामा हुन गईरहेको १० औं महाधिबेशनबाट अध्यक्ष पदका आफ्नो उम्मेद्धावरी प्रस्तुत गरिसकेका छन ।

कारण यहाँबाट नेपाली कांग्रेसको महाधिबेशन, महासमीती प्रतिनीधि गएकाहरु ६१ बर्ष देखि आम साधारण कार्यकर्ताको जसरी भोटर मात्रै बनेका मात्रै हैन केन्द्रिय नेता सामु आफु र आफु निकट नेताहरुलाई टिकटको निम्ती मात्रै महाधिबेशन प्रतिनीधि जाने गरेको आरोप लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया